म त खुइलिएँ, तपाईंहरूको राजनीतिक अभिष्ट पूरा होस् : रवीन्द्र मिश्र


काठमाण्डु- विवकेशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएका रवीन्द्र मिश्रले आफ्ना मित्रहरूमा समर्पित गर्दै कटाक्षपूर्ण टिप्पणी गरेका छन् । स्थानीय तहको निर्वाचनमा पार्टीको पराजयपछि अध्यक्षबाट राजीनामा दिएका मिश्रले बुधबार सामाजिक संजाल ट्विटरमार्फत् कटाक्ष गरेका हुन् ।

‘ती (अ) मित्र (हरू) मा समर्पित जसले मलाई प्रत्यक्ष भेटमा सिधै भनेका थिए, ‘तपाईंलाई नखुइल्याई त मेरो र हाम्रो राजनीतिक अभिष्ट नै पूरा हुँदैन नि!’ अब म खुइलिएँ। तपाईं(हरू)को राजनीतिक अभीष्ट पूरा होस् ! यो देश हाम्रै जीवनकालमा रूपान्तरण होस्। तपाईं(हरू)लाई शुभकामना छ’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

स्थानीय तह निर्वाचनमा पार्टीको पराजय भएको भन्दै मिश्रले राजीनामा दिएका थिए । राजीनामा दिँदै मिश्रले पार्टी संयोजक लगायतका नेतालाई गरिएको कारबाही फिर्ता लिन र राजीनामा दिएका नेताहरूलाई पुनः पार्टीमा फर्किन आग्रह पनि गरेका थिए ।

मिश्रका अनुसार उनले प्रस्तुत गरेको ‘विचारभन्दा माथि देश’ दस्तावेज पार्टीको केन्द्रीय समितिको दुईतिहाइभन्दा बढी मतले पारित गरेको भए पनि बहुमतको निर्णयविरुद्ध भएका गतिविधिका कारण पार्टी संयोजकलगायत कतिपयलाई कारबाही गरिएको थियो।

प्रतिक्रिया दिनुहोस
Advertisement