रवीन्द्र मिश्रले राप्रपाका सबै जिम्मेवारीबाट दिए राजीनामा

रवीन्द्र मिश्रले राप्रपाका सबै जिम्मेवारीबाट दिए राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीबाट राजीनामा दिएका छन् । शनिबार सामाजिक सञ्जाल मार्फत मिश्रले राप्रपाका सबै जिम्मेवारीहरूबाट राजीनामा दिएको जानकारी दिएका हुन् ।

उनले पार्टी छाडेपनि राजसंस्था पुनर्स्थापना र सुशासनलगायतका मुद्दाप्रतिका आफ्ना अडान यथावत रहेको बताएका छन् ।

उनले लेखेका छन् देशभरि राजसंस्था पुनर्स्थापनाको पक्षमा व्यापक जनमत हुँदाहुँदै पनि सो जनमतलाई सङ्गठित र पूँजीकृत गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी विविध कारणले बारम्बार विफल भएको छ, जसका लागि पार्टीको वरिष्ठ उपाध्यक्षको हैसियतले म पनि जिम्मेवार छु।

उनले ‘देशभन्दा माथि स्वार्थ’लाई राखेर ‘व्यक्तिले पाउने, देशले नपाउने’ कुनै पनि काम कुनै हालतमा नलाग्ने बताएका छन् ।

उनले निर्वाचनमा अभूतपूर्व सफलता हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई वधाई तथा शुभकामना दिर्दै ‘प्रचण्डपथ’मा पट्टी लगाएको घोडा सरह एकोहोरीएर दौडिरहेको नेपाली राजनीति तातो तावाबाट भुङ्ग्रोमा नजाओस् भन्ने कामना समेत गरेका छन् ।