काठमाण्डु – विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नव निर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई बधाइ दिएका छन् । पछिल्लो समय संघीयता खारेजी र धर्मनिरपेक्षताबारे जनमतसंग्रहको वकालत गर्दै आएका मिश्रले अध्यक्ष लिङ्देनलाई विजयी भएको तेस्रो दिन बधाइ दिएका हुन् ।
तर, मिश्रले लिङ्देनलाई बधाई दिँदा ‘आफूलाई लाग्ने गरेका आरोपलाई बल पुग्ने’ शव्द खर्चेका छन् । उनले नेपाल राजनीतिक, सामाजिक रूपमा मूलत नरम परम्परावादी समाज रहेको दाबी गरेका छन् ।
उनले लिङ्देनको विजयलाई ‘विदेशी तथा विकृत वामवादको चाल चिर्न महत्वपूर्ण भूमिका खेल्नेु दाबी गरेका छन् । कमल थापालाई पराजित गर्दै लिङ्देन राप्रपा अध्यक्षमा विजयी भएका थिए ।
राप्रपाको अध्यक्षमा निर्वाचित हुनुभएकोमा @RajendraLingden लाई हार्दिक बधाई/शुभकामना!राजनीतिक-सामाजिकरूपमा नेपाल मूलत नरम परम्परावादी (moderate conservative) समाज हो।त्यसलाई विषाक्त भाष्य निर्माण गरेर विथोल्ने विदेशी र विकृत वामवादको प्रयास चिर्न तपाईंको विजयले अहं भूमिका खेल्नेछ। pic.twitter.com/AHoo1k2n5X
— Rabindra Mishra (@RabindraMishra) December 7, 2021




प्रतिक्रिया