एकताको डेढ वर्षमै फुट्यो विवेकशील साझा पार्टी, उज्ज्वलले गठन गरे नयाँ दल

एकताको डेढ वर्षमै फुट्यो विवेकशील साझा पार्टी, उज्ज्वलले गठन गरे नयाँ दल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– विवेकशील साझा पार्टी एकताको डेढ वर्षमै फुटेको छ। रवीन्द्र मिश्र संयोजक रहेको साझा पार्टी र उज्ज्व थापा संयोजक रहेको विवेकशील नेपाली दलबीच २०७४ साउन ११ गते इन्द्रेणी फुडल्याण्डमा एकताको घोषणा गरिएकोमा अन्ततः  फुटेको हो।

उक्त पार्टीमा पछिल्लो समय आन्तरिक विवाद रहेकोमा संयोजक थापाले आन्तरिक विवादका कारण अन्ततः विवेकशील साझा पार्टी फुटेको छ ।

पार्टीका एक संयोजक थापालगायतले नयाँ दल दर्ताका लागि शुक्रबार निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

निर्वाचन आयोगका प्रवक्ता शंकरप्रसाद खरेलका अनुसार निवेदनमा नयाँ पार्टीको नाम विवेकशील नेपाली दल प्रस्ताव गरिएको छ। यस्तै केन्द्रीय समितिको ४० प्रतिशत विवेकशील साझाबाट अलग्गिन चाहेको पनि निवेदनमा उल्लेख गरिएको आयोगले जनाएको छ।

उज्जल थापासँगै रञ्जु दर्शना, मिलन पाण्डे, प्रदेश ३ का सांसद विराज भट्ट, प्रदेश ३ कै सांसद रमेश पौडेल, सुबुना बस्नेत, डाक्टर अनुषा थापालगायतका नेताहरु निर्वाचन आयोग पुगेका हुन ।

केही समय अघि थापाले पार्टी रणनीतिको समीक्षाका लागि १८ पानाको प्रतिवेदन बुझाएका थिए। त्यसपछि पार्टीभित्रको मदभेद सतहमा आएको हो।