यसपटक एसईई परीक्षा सञ्चालन नगरौंः डा. रविन्द्र पाण्डे

यसपटक एसईई परीक्षा सञ्चालन नगरौंः डा. रविन्द्र पाण्डे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – जनस्वास्थ्यविज्ञ डा. रविन्द्र पाण्डेले यसपटकको एसईई परीक्षा सञ्चालन नगर्न सरकारलाई सुझाव दिएका छन् ।

सरकारले लकडाउन खुलेपछि एसईई परीक्षा गर्ने भनेको छ । कोरोना महामारीको समयमा लाखौँ बिद्यार्थी सम्मिलित हुने परीक्षा गर्दा संक्रमण सर्ने ठूलो जोखिम हुने डा. पाण्डे बताउँछन् ।

‘परीक्षा केन्द्रमा जाँदा, केन्द्रमा जम्मा हुँदा, परीक्षा हलमा ३ घण्टा रहंदा, बाहिर निस्कदा तथा घर पुग्दा संक्रमण १ जनालाई सर्यो भने धेरै विद्यार्थीलाई सर्ने, बिद्यार्थीमार्फत उनीहरुको घरमा सर्ने अनि जोखिम बर्गलाई थप खतरा हुने डर हुन्छ,’ उनले भनेका छन् ।

उनले महामारीको बेला परीक्षा सञ्चालन गर्न नहुने सुझाव दिएका छन् । ‘यसै पनि एसईई परीक्षाको त्यति ठूलो महत्व छैन पहिले एसएलसी जस्तै अहिले १२ कक्षाको परीक्षा हो । जसरी ८ कक्षाबाट ९ कक्षामा तथा ९ कक्षाबाट १० कक्षामा बिद्यार्थी चढ्छन्, त्यसै गरि १० कक्षाबाट ११ कक्षामा चढ्ने रुपमा एसईईलाई बुझ्नुपर्दछ । यसपटक विद्यालयले पहिले लिएको परीक्षाको आधारमा ग्रेडिंग गरेर कक्षा १० को रिजल्ट घोषणा गर्नु बुद्धिमतापूर्ण निर्णय हुनेछ । कुरा लकडाउन हुनु वा नहुनुसंग सम्बन्धित छैन, कोरोना संक्रमण नियन्त्रणमा आउनुसंग सम्बन्धित छ । कोरोना संक्रमण पुरै नियन्त्रणमा आउन बर्षदिन लाग्न सक्छ । तसर्थ बिद्यार्थीलाई तनावमा राख्नु भन्दा बिशेष निर्णय गरेर सबै बिद्यालयलाई रिजल्ट घोषणा गर्न लगाउनु पर्दछ ।’, उनले भनेका छन् ।