रौतहटका प्रहरी प्रमुख हेर्डक्वार्टर तानिए

रौतहटका प्रहरी प्रमुख हेर्डक्वार्टर तानिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रहरी प्रधान कार्यालयले रौतहटका प्रहरी प्रमुख एसपी रविराज खड्कालाई जिम्मेवारीबाट हटाएको छ । रौतहटमा १९ वर्षीय युवकको हिरासतमा चर्को यातनाबाट मृत्यु भएको भन्दै विवादमा तानिएका एसपी खड्का प्रहरी प्रधान कार्यालय तानिएका हुन् ।

प्रहरी प्रधान कार्यालयले खड्कालाई हटाएर उनको ठाउँमा रौतहट प्रहरी प्रमुखमा एसपी सिद्धिविक्रम शाहलाई खटाएको छ ।

गरुडा नगरपालिका–८ जिंगडिया गाउँका २० वर्षीय निरञ्जन राम चमारको साउन ३२ गते हत्या भएको थियो । चमारको हत्या आरोपमा पक्राउ परेका १९ वर्षीय विजय राम महराको उपचारको क्रममा मृत्यु भएको थियो ।

आफन्तले हत्याको मुख्य दोषीलाई जोगाउन निर्दोष व्यक्तिलाई पक्राउ गरेर चरम यातना दिएको आरोप लगाएका छन् ।