काठमाण्डु – सामुदायिक रेडियो मध्यविन्दु एफएम की पत्रकार स्वर्गीय राधा बस्यालको स्मृतिमा स्थापना गरिएको ‘राधा क्यान्सर सचेतना तथा हिंसा विरुद्धको पत्रकारिता पुरस्कार’ पत्रकार समृद्धा केसीलाई प्रदान गरिएको छ ।
स्वर्गीय राधा बस्यालको स्मृतिमा आयोजित कार्यक्रकाबीच यस वर्ष बर्दियाकी पत्रकार समृद्धा केसीलाई ‘राधा क्यान्सर सचेतना तथा हिंसा विरुद्धको पत्रकारिता पुरस्कार’ पुरस्कार प्रदान गरिएको हो । विश्व प्रेस काउन्सिलका महासचिव एवं प्रेस काउन्सिल नेपालका निवर्तमान कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले समृद्धालाई सम्मान पत्र, दोसल्ला र नगद २० हजार रुपैयाँले सम्मान गरेका थिए ।
राधा क्यान्सर सचेतना फाउन्डेसनले यस वर्ष परेका आवेदनहरु मध्यबाट पत्रकार केसीलाई पुरस्कारकालागि छनोट गरेको थियो । पत्रकार केसी महिला स्वास्थ्य डटकममा कार्यरत छन् ।
पुरस्कार वितरण कार्यक्रममा वोल्दै विश्व प्रेस काउन्सिलका महासचिव एवं प्रेस काउन्सिल नेपालका निवर्तमान कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले स्वर्गीय राधा बस्यालको जीवन आफैमा सघर्ष पुर्ण भए पनि निकै प्रेरणाको जीवन रहेको बताए । पत्रकारिताको माध्यमवाट समाज रुपान्तरणमा अहम भुमिका निभाएकी राधाले क्यान्सर रोग ग्रस्त हुँदा पनि सञ्चारकर्म नछाडी लागि पर्नुले पनि धेरैलाई प्रेरणा दिने बताए । कार्यक्रममा वोल्ने वक्ताहरुले स्वार्गिय राधा वस्यालको जीवनीका वारेमा चर्चा गरेका थिए ।
वि।स २०४८ फागुन ९ गते जन्मिएकी पत्रकार राधा बस्यालको २०७७ कार्तिक १४ गतेका दिन स्तन क्यान्सरको कारणले निधन भएको थियो । एक दशक भन्दा लामो समय सामुदायिक रेडियो मध्यविन्दु एफएम १०१ मेगाहर्जमा रहेर पत्रकारिता गर्दै आएकी राधाले वैवाहिक जिवन पछि व्यक्तिगत रुपमा घरेलु हिंसा र क्यान्सर सँग लडदै समाजमा महिला हिंसा र स्तन क्यान्सरको विषयमा सचेतना अभियान सन्चालन गर्न राधा क्यान्सर फाउन्डेसनको स्थापना गरेर गाउँ गाउँमा सचेतना अभियानसमेत चलाएकी थिइन् । राधाको निधन पश्चात फाउन्डेसनलाई राधाका भाइ पत्रकार प्रकाश बस्यालले अगाडी बढाईरहेका छन् ।




प्रतिक्रिया