राधे भण्डारीलाई तत्काल रिहा नगरे देशब्यापी आन्दोलन :तरुण दल

राधे भण्डारीलाई तत्काल रिहा नगरे देशब्यापी आन्दोलन :तरुण दल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरी नियन्त्रणमा रहेका नेपाल तरुण दल धादिङका उपाध्यक्ष राधाकृष्ण(राधे) भण्डारीलाई रिहाइ गर्न माग गरेको छ। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा शनिबार आज पत्रकार सम्मेलन गरी तरुण दलले किटानी जाहेरी दिएको भनिएका व्यक्तिले होइन भन्दाभन्दै राज्यले नै किर्ते कागज बनाएर भण्डारीलाई फसाउन खोजेको भन्दै रिहा गर्न माग गरेका हुन् ।

तरुण दलले भण्डारीलाई तत्काल रिहा नगरे देशव्यापी आन्दोलन गर्ने चेतावनी समेत दिएको छ । तरुण दलका अध्यक्ष जितजंग बस्नेतले घटना भएको भनिएको स्थानमा उपस्थित नै नभएको व्यक्तिलाई राजनीतिक प्रतिशोधका कारण मात्र पक्राउ गरिएको आरोप लगाए ।

भण्डारीविरुद्ध किटानी चाहेरी दिएको भनिएका घाइते जनक मगरले पनि आफूले घटना भएको स्थानमा देख्दै नदेखेको र चिन्दै नचिनेको व्यक्ति विरुद्ध जबरजस्त रुपमा प्रहरीले किटानी जाहेरी लेखेर आफूलाई हस्ताक्षर गर्न लगाएको दाबी गरे ।

कार्यक्रममा निलकण्ठ नगरपालिकाका मेयर भीम ढुंगानाले किटानी जाहेरी दिएको भनिएका व्यक्तिले नै घटनामा भण्डारीको संलग्नता नरहेको भन्दाभन्दै पनि पक्राउ गर्नु राजनीतिक प्रतिशोध मात्र भएको बताए ।

यही जेठ २२ गते धादिङको रोराङ गाउँपालिकामा स्थानीय बासिन्दाबीच भएको विवादमा भण्डारी पनि संलग्न रहेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
भण्डारी यसअघि गुण्डा नाईके चरीलाई गोली हान्ने अभियोगमा केही समय जेल बसेर निस्किएका व्यक्ति हुन् ।