३ बर्षभित्र दुधमा आत्मनिर्भर बन्छौं : अध्यक्ष सापकोटा (अन्तर्वार्ता)

३ बर्षभित्र दुधमा आत्मनिर्भर बन्छौं : अध्यक्ष सापकोटा (अन्तर्वार्ता)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – दुधलाई पूर्ण भोजनका रुपमा लिइन्छ । मानिस जन्मेपछिको पहिलो आहार नै दुध हो । जन्मेको दिनदेखि मर्ने बेलासम्म र मरिसकेपछि कतिपय संस्कारमा दुध अनिवार्य हुन्छ । दुध सेवन गर्दा मानिसको दिमागमा सकारात्मक सोचको विकास हुने र दिमाग तेजिलो हुने कुरा वैज्ञानिकहरुले पुष्टि गरिसकेका छन् ।

जापान, कोरिया र चीन जस्ता विकसित देशहरुमा बालबालिकाहरुलाई दुध सेवन अनिवार्य गरिएको छ । त्यस कारण त्यहाँका बालबालिकाहरुको दिमाग तेज छ र त विश्वमा हरेक कुरामा ती देशहरु आज अग्र पंक्तिमा छन् ।

प्रति व्यक्ति प्रति वर्ष ९२ लिटर दुध सेवन गर्दा शारिरीक र मानसिक स्वास्थ्यलाई फाइदा पुग्ने स्वाथ्यकर्मीहरु बताउँछन् तर, नेपालको तथ्याङ्कमा हाल ७५ लिटर बार्षिक रुपमा एउटा व्यक्तिले सेवन गरेको उल्लेख छ । आज हामीले नेपालमा दुध उत्पादनको अवस्था र यसले अर्थतन्त्रमा गरेको योगदानका बिषयमा नेपाल डेरी एशोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटासंग कुराकानी गरेका छौँ । प्रस्तुत छ अध्यक्ष सापकोटासँग गरिएको कुराकानीको सम्पादित अंशः

नेपालमा दुध उत्पादनको अवस्था कस्तो छ ?

वर्तमान समयमा दैनिक हामीसंग करीब–करीब ५८ लाख लिटर दुध उत्पादन भएको छ । त्यसको ५० प्रतिशत किसानहरु जसले उत्पादन गर्नुहुन्छ उहाँहरुले नै उपभोग गर्नुहुन्छ भन्ने तथ्याङ्कले देखाउँछ । बाँकी रहेको ५० प्रतिशत अर्थात २९ लाख लिटर दुध दैनिक बजारमा आउँछ । त्यसमा पनि दुई सेक्टर छ एउटा छ फर्मल सेक्टर, एउटा भयो इनफर्मल सेक्टर ।

फर्मल सेक्टर भन्नाले नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता भएको प्यान भ्याटमा दर्ता भएको, उद्योगका रुपमा स्थापना भएको यसलाई हामी सर्मल सेक्टर भन्छौँ भने अर्को किसानले अथवा बिचौलियाहरुले घरघरमा पु¥याइदिनेलाई हामी इन्फर्मल सेक्टर भन्छौँ यसरी दुईवटा सेक्टर मिले अहिले दैनिक २९ लाख लिटर दुध बजारमा जाने गर्दछ ।

नेपाली उपभोक्ताहरुलाई २९ लाख लिटर दुध पर्याप्त हुन्छ त ?

अहिले हामी आंशिक रुपमा दुधमा आत्मनिर्धर हुन सकेका छैनौँ । अवको दुई तिन बर्षमा नेपाललाई पुग्ने दुध उत्पादन गर्न हाम्रा किसान दाजुभाई दिदी बहिनीहरुले सक्नेछन् । पशुसेवा विभाग , राष्ट्रिय दुग्ध विकास वोर्ड र हामीले गरेको अध्ययनले पनि ८० प्रतिशत आत्मनिर्भर बनिसकेको अवस्था छ । अहिलेको उत्पादन रेसियोलाई हेर्ने हो भने आउने ३ बर्षमा हामी दुधमा आत्मनिर्भर बन्ने देखिन्छ ।

अनुगमनका क्रममा विभिन्न डेरीहरुले मिसावट गरेको तथा अखाद्य पदार्थ मिसाएको पनि पाइन्छ , त्यस्ता डेरीहरुलाई डेरी एशोसियसनले के गर्छ ?

हरेक उद्योगहरुले ल्याब टेस्ट गरेर बजारमा पु¥याउनुपर्छ । पहिलो कुरा त हामीले किसानसंग सिधै खरिद गर्न जान्छौँ । त्यहाँ चाँही हाम्रो संकलन केन्द्रमा दुधको परिक्षण गछौँ । चिलिङ सेन्टरमा पनि त्यस्तै विधि हुन्छ र फाईनल हाम्रो उद्योगमा आइसकेपछि हाम्रो प्रडक्ट बनाउनुभन्दा अगाडी पनि परिक्षण गछौँ । त्यसपछि पनि हाम्रो प्रडक्ट बनिसकेपछि फेरी कस्तो छ भनेर परिक्षण गछौँ ।

हामीले बनाएको प्रडक्ट नेपाल सरकारले तोकेको मापदण्डभित्र छ कि छैन भनेर परीक्षण हुन्छ । यदी मापदण्ड पुरा भएन भने त सजायको भागिदार आफैं हुनुपर्छ । कहिले कहिले मिडियामा त्यस्ता किसिमका समाचारहरु सुनिने गरेको छ केही उपभोक्ताहरुले पनि गुनासो गर्नुहुन्छ । शतप्रतिशतनै हामी सहि छौँ त भन्दिन तर, पहिलेको अनुपातमा धेरै सुधार भइसकेको छ । अझै सुधार्न बाँकी रहेका कमिकमजोरीहरुलाई हामीले सुधार गर्दै जानेछौँ । हाम्रा सदस्यहरुलाई पनि उपभोक्ता अधिकारबारे सचेत गराइरहेका छौँ ।

तपाईंको विचारमा दुधमा आत्मनिर्भर हुनका लागि सरकारले के गर्नूपर्छ ?

अहिले जतिपनि विदेश पलायन भएका युवायुवतीहरु अहिले कोरोनाका कारण स्वदेश फर्कदैछन् । सबैभन्दा पहिले त ति युवायुवतीलाई उत्पादनमुखी क्षेत्रमा आकर्षित गर्नुप¥यो । जतिपनि पशुपालन व्यवसाय गरेका छन् उनिहरुलाई अनुदान दिनुप¥यो । अहिले भइरहेका किसानहरुलाई उत्पादन लागत पनि बढी नै उत्पादन लागत घटाउन दानामा अनुदान गोठ सुधार लगाएतका कार्यक्रम सरकारले प्राथमिकतामा राख्नुप¥यो । किसानलाई सहुलियत भयो भने उत्पादन त स्वतः बढ्छ ।

विदेशबाट आयात हुने दुधले कति प्रतिशत बजार ओगटेको छ ?

गतबर्षको कोभिड देखिनै नेपालमा विदेशबाट दुध आएको छैन । केही अन्तराष्ट्रिय कम्पनिहरुले उत्पादन गरेका दुग्धजन्य बस्तुहरु त्यो पनि निकै कम मात्रामा आएको छ । अमुलका, मदरडेरीका केही प्रोडक्ट आएका छन् । तर झोल दुध आएको छैन । नेपालमा आधिकारीक र बैधानिकरुपमा झोल दुध आएको छैन । अहिलेको भन्दा चार पाँच बर्ष पहिले त करीब ७, ८ अरबको दुध र दुग्धजन्य पदार्थ बार्षिक आउथ्यो भने अहिले २, ३ अरवको मात्र भित्रिएको छ ।

दुध र दुग्धजन्य पदर्थले नेपालको आर्थिक क्षेत्रमा कति योगदान गरेको छ ?

यहाँले पनि बुझ्नुभएको छ । ग्रामिण अर्थतन्त्रको मेरुदण्ड भन्दा फरक नपर्ला दुग्ध व्यवसाय अथवा पशुपालन व्यववसाय । अहिले दैनिक ६ करोड रुपैँया शहरको पैँसा गाँउका दुरदराजसम्म पु¥याइरहेको छ । जसले गर्दा त्यहाँका किसानहरुले आफ्नो बालबालिकालाई राम्रो स्कुलमा शिक्षा दिन सकेका छन् र आफ्नो दैनिक गुजारा चलाइरहेका छन् । डेरी सेक्टरले मात्र बार्षिक करीब २ अर्व रुपैँया सरकारलाई राजश्व बुझाईरहेको छ । आजको आजै गाउँँमा पैँसा जाने व्यवसाय भनेको दुग्ध व्यवसाय मात्र हो ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ की ?

त्यही हो सरकारले उत्पादनमुखी तिति लिगोस् किसानहरुलाई राहात दिने खाले कार्यक्रम ल्याओस् । किसान बाँचेमात्र अरु बाचिन्छ यसलाई हामी सबैले मनन गर्नुपर्छ ।