काठमाडौँमा केही समयपछि मेलम्चीको पानी बन्द हुन्छ: खानेपानी मन्त्री राई

काठमाडौँमा केही समयपछि मेलम्चीको पानी बन्द हुन्छ: खानेपानी मन्त्री राई


काठमाण्डु- खानेपानीमन्त्री राजेन्द्रकुमार राईले मेलम्ची खानेपानी केही समयपछि बन्द हुने बताएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा मन्त्रालयको विनियोजित बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री राईले सो खानेपानीको विकल्प पनि सरकारले सोचिसकेको बताएका हुन् ।

मन्त्री राईले बाढीको मात्रा बढ्ने बित्तिकै मेलम्चीको पानी काठमाण्डु ल्याउने कुरा सम्भव नहुने अवस्था रहेको तथ्य पनि स्मरण गराए ।  ‘मेलम्ची खानेपानीको सुरुङ बन्द गर्ने हल्ला छ । त्यो चाहिँ बाढीको कारणले गर्दा खेरी हिलो आउने, अनि भत्किने कारणबाट अहिले ठुलो बाढी नआएकाले यसलाई बन्द गरिएको छैन । केही समयपछि बन्द हुने कुरा पनि छ । त्यसपछि त्यहाँको पानीको समस्या समाधान गर्नका लागि हामीले अन्य विकल्पहरू पनि सोचिएको कुरा म तपाईंहरूलाई जानकारी गराउन चाहन्छु ।’, उनले भने ।

मन्त्री राईले मेलम्चीको लार्के र याङ्ग्री खोलाबाट पनि पानी ल्याउने तयारी सुरु गरिएको बताए ।