राफेल विमान भारत पुग्नुअघि भारतिय वायु सेनाले बोलायो वायु सेना कमाण्डरको वैठक


एजेन्सी–भारत र चीनबीच तनाव वढिरहेका वेला भारतिय वायु सेनाले शिर्ष कमाण्डरहरुको वैठक बोलाएको छ । वैठकमा पूवी लद्दाखमा वास्तविक नियन्त्रण रेखा (एलएसी) मा चीनसंग भएको झड्प र त्यसपछिको अवस्थाबारे छलफल हुनेछ । यसका साथै यो महिनाको अन्तमा भारत पुग्ने राफेल लडाकु विमानको तिव्र रुपमा परिचालन स्टेशनबारे समेत वैठकमा छलफल गर्ने तयारी छ ।

शिर्ष कमाण्डरको २२ जुलाईमा हुने दुई दिने सम्मेलनको तयारीमा जुटिसकेका छन् । जहां कैयौं सुरक्षा मुद्दामा छलफल बहस हुनेछ । वायुसेनाध्यक्ष एयर चीफ मार्सल आरकेएस भदौरियाको नेतृत्वमा हुने यस वैठकको मुख्य एजेण्डा चीनसंग जोडिएको सीमाको अवस्था तथा पूर्वी लद्दाखका साथै उत्तरी सीमामा सुरक्षा बलद्धारा गरिएको फरवार्ड तैनाथीको विषयमा छलफल हुने न्यूज एजेन्सी एएनआईले जनाएको छ ।

बैठकमा सातै कमाण्डर इन चीफ शामिल हुनेछन् । पूवी लद्दाखमा भारतिय वायुसेनाले मिराज-२०००,सुखोई-३०, मिग-२९ जस्ता लडाकु विमान र अपाचे अटैक हेलिकोप्टर तयारी अवस्थामा राखेको छ । वायुसेनाको वैठकमा राफेल विमानको तैनाथी र परिचालनको बारेमा चर्चा हुनेछ । फ्रान्सबाट ल्याउन लागिएको यो विमान निकै अत्याधुनिक मानिन्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement