मन्त्री महासेठ चढ्ने गाडीमा प्रहरीले लगायो ‘ह्वील लक’

मन्त्री महासेठ चढ्ने गाडीमा प्रहरीले लगायो ‘ह्वील लक’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – बानेश्वर क्षेत्रमा जथाभावी पार्किङ गरेर राखेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ चढ्ने गाडीमा ट्राफिक प्रहरीले ह्वील लक लगाएको छ ।

बानेश्वर क्षेत्रमा जथाभावी पार्किङ गरेर राखेका सवारी साधानहरुमा प्रहरीले ह्वील लक लगाएको थियो ।

त्ययसक्रममा पार्किङ निषेधित गरिएको फुटपाथमा रोकिराखेको महासेठ चढ्ने गरेको बा२झ ४८६२ नम्बरको झण्डावाला गाडी पनि कारबाहीमा परेको थियो । ट्राफिक प्रहरीले सुरुमा ह्वील लक गरेपनि पछि चालकलाई एक हजार रुपैयाँ जरिवाना गरेर छाडिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । प्रहरीका अनुसार गाडीमा मन्त्री भने थिएनन् ।