माधव नेपाल समूह छोडेका दुई नेताले पाए मन्त्रीको उपहार

माधव नेपाल समूह छोडेका दुई नेताले पाए मन्त्रीको उपहार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका माधवकुमार नेपाल समूह छोडेर ओली समूहमा लागेका दुई नेताले मन्त्रीको उपहार पाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल समूह छोडेर आफ्नो समूहमा आएका नेता रघुवीर महासेठ र शेरबहादुर तामाङलाई शुक्रबार मन्त्रीपरिषद हेरफेर गर्दै मन्त्री बनाएका हुन् ।

पुस ५ मा प्रतिनिधिसभा विघटन भएसँगै दुई नेता माधव नेपाल समूहमा लागेका थिए । तर, सर्वोच्चले नेकपालाई साविककै एमाले र माओवादीमा फर्काएसँगै ओली समूहमा महासेठ र तामाङ फर्किएका थिए । नेपाल समूह छोडेर आउनेलाई महत्वपूर्ण जिम्मा दिने वचन दिएका ओलीले दुई नेतालाई दोस्रो पटक मन्त्रीमा नियुक्त गरेका हुन् ।

मन्त्री तामाङ र महासेठ ओली नेतृत्वको सरकारको सुरुवाती मन्त्रिपरिषदमा थिए । तामाङ कानून मन्त्री थिए भने महासेठ भौतिक पूर्वाधार तथा यातायात मन्त्री थिए । नयाँ मन्त्रिपरिषदमा तामाङ स्वास्थ्यमन्त्री बनेका छन् भने महासेठ उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्री बनेका छन् ।