पदभार ग्रहणपछि शिक्षामन्त्रीले भने – वार्ताबाट शिक्षकको समस्या समाधानको प्रयास गर्छु

पदभार ग्रहणपछि शिक्षामन्त्रीले भने – वार्ताबाट शिक्षकको समस्या समाधानको प्रयास गर्छु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले वार्ताबाट शिक्षकहरूको समस्या समाधान गर्न प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् ।

बिहीबार सिहंदरबारस्थित मन्त्रालयमा पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले शिक्षकहरूको मागबारे आफू जानकार भए पनि अहिलेसम्म भएका प्रयासहरूबारे जानकार नरहेको भन्दै जानकारी लिएपछि मात्रै यस विषयमा बोल्ने बताए ।

उनले भने, ‘सबै विषयमा मैले राम्रो जानकारी लिइसकेको छैन । राम्रोसँग जानकारी नलिई विचार व्यक्त गर्न मिल्दैन । अब बोल्नेभन्दा पनि काम गर्ने ठाउँमा आएको छु । म वार्ताबाट समस्या समाधान गर्न प्रयास गर्छु । मेरो सम्पूर्ण ध्यान त्यता केन्द्रित हुन्छ, अहिले भन्ने त्यत्ति नै हो ।’