राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई सरकारले सहयोग गर्छ, हस्तक्षेप गर्दैन : मन्त्री पन्त

राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई सरकारले सहयोग गर्छ, हस्तक्षेप गर्दैन : मन्त्री पन्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – शिक्षामन्त्री रघुजी पन्तले राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा सरकारले लगानी गरे पनि प्रयोगशालाको दैनिक काममा मन्त्रालयको हस्तक्षेप नरहने बताएका छन् ।

आईतबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले प्रयोगशालामा सरकारले लगानी गर्ने तर हस्तक्षेप नगर्ने बताएका हुन् ।

मन्त्री पन्तले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयकमा आएका प्रस्तावहरू ठीक रहेको बताए ।

उनले भने, ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको दैनिकी काममा मन्त्रालयले हस्तक्षेप नगर्ने ढंगले काम गर्छ । तर यसमा लगानी नेपाल सरकारले गर्ने सरकारसँग सम्बन्धित विभिन्न निकायका कामहरू पनि यसले गर्ने भएको हुँदा जे यसमा आएको छ, त्यो नै प्रमुख विषय हो । अरु शैक्षिक संस्था जस्तो होइन । विधेयकमा जे प्रस्तावित भएको छ, त्यो ठीकै छ ।’

उनले विज्ञान प्रयोगशाला आफंैमा मंहगो हुने भन्दै ७ वटा प्रदेशहरूमा पनि आवश्यकता रहेको बताए । ‘विज्ञान प्रयोगशाला मंहगो हुन्छ । यसका सामग्रीहरू मंहगो हुन्छन् । त्यसैले यो प्रदेशहरूमा पनि जानुपर्छ,’ उनले भने ।

समितिका सदस्य बेदुराम भुसालले विधेयक बनाउँदा नियमावली, कार्यनीति स्पष्ट हुनुपर्ने बताए । उनले ऐनमा नभएकालाई नियममा नियममा नभएको कुरा विनियम बनाएर सुविधा खाने गरेको पनि बताए ।