काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य रघुजी पन्त अस्पताल भर्ना भएका छन् । पेटमा समस्या देखिएपछि नेता पन्तलाई काठमाण्डु मोडल अस्पतालमा भर्ना गरिएको हो ।
नेकपा केन्द्रीय सदस्य एवम् विदेश विभाग प्रमुख विष्णु रिजालले पेटसम्बन्धी समस्याका कारण उनी बिहीबार काठमाण्डु मोडल अस्पताल भर्ना भएको जानकारी दिए ।
उनको अवस्था सामान्य रहेको र एकसाता अस्पतालमा आराम गर्न चिकित्सकहरुले सुझाव दिएका छन् ।




प्रतिक्रिया