प्रदेशबाटै एसईई गर्न मन्त्री पन्तको प्रस्ताव

प्रदेशबाटै एसईई गर्न मन्त्री पन्तको प्रस्ताव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रदेशबाटै गर्न सरकारले प्रस्ताव गरेको छ ।

शनिबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकमा सरकारको तर्फबाट शिक्षामन्त्री रघुजी पन्तले एसईई सम्बन्धी प्रस्ताव अघि सारेका हुन् ।

बैठकमा बोल्दै उनले एसईई प्रदेशबाट सञ्चालन गर्नुपर्ने र एसईईले गुणस्तर कायम गर्न मद्दत पुग्ने बताए । उनले एसईई हटाइयो भने सीटीभीटीमा भर्ना के गर्ने भनि प्रश्न गरे ।

उनले भने, ‘बजेटमा पनि एसईई प्रदेशमा दिने भनेर पास गरेको छ । सीटीभीटीमा भर्ना हुने पनि एसईई पछि हो । एसईई हटायो भने सीटीभीटीमा भर्ना के गर्ने ? सरकारले प्रदेशमा गर्ने भनेर ल्याएको छ । एसईई राखौं प्रदेशबाट सञ्चालन गरौं, एसईईले गुणस्तर कायम गर्न मद्दत गर्छ ।’