काठमाण्डु – नेकपा एमालेका स्थायी समिति सदस्य रघुजी पन्तले पार्टीकाे दशौं महाधिवेशनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर आफूले उपाध्यक्षमा दाबी प्रस्तुत गरेको पन्तले बताए । ‘उपमहासचिव भन्दा तल उठ्ने कुरा भएनु, पन्तले भने, उपाध्यक्षमा कत्तिको सम्भावना हुन्छ । छलफल गर्दैछु।’
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीमा सर्वसम्मत गर्ने सोच राखेको उल्लेख गरेका छन् । पन्त नवौँ महाधिवेशनमा उपमहासचिवमा पराजित भएका थिए । नवौं महाधिवेशनमा उनी माधव नेपाल समूहबाटै उम्मेद्वार बनेका थिए । एमालेको महाधिवेशन मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुँदैछ ।




प्रतिक्रिया