राहदानी वितरणमा देखिएको समस्या हट्यो

राहदानी वितरणमा देखिएको समस्या हट्यो


काठमाण्डु- राहदानी विभागले राहदानी वितरणमा १७ पुसमा देखिएको समस्याको समाधान भइसकेको जनाएको छ । विभागकी प्रवक्ता दुरपदा सापकोटाले प्रमाणीकरणमा आएको सुस्तता समाधान भएकाले अब सेवाग्राहीले आ-आफ्नो राहदानी लिन पाउने बताएकी हुन्।

विभागमा राहदानीका लागि आवेदन दिएका आवेदक (सेवाग्राही)ले आफ्नो मोबाइल नम्बरमा एसएमएस प्राप्त भएपछि वा नेपाल ईपासपोर्ट एपमा ‘राहदानी तयार छ’ भन्ने जानकारी प्राप्त भएपश्चात राहदान लिन आउन सापकोटाले अनुरोध गरेकी छन् ।

विभागले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को निर्देशानुसार राहदानी प्राप्त गर्ने प्रक्रियालाई अझै चुस्तदुरुस्त एवम् प्रभावकारी बनाउन आवश्यक प्रक्रिया अघि बढाउने समेत बताएको छ।

विभागका अनुसार पुस १७ गतेदेखि राहदानी (पासपोर्ट) प्रमाणीकरण (भ्यालिडेशन) प्रक्रियामा सुस्तता आएको थियो।passport notice1673186608.jpg