राहदानी विभागको सूचना : तोकिएको समयमा मात्रै उपस्थित हुनू

राहदानी विभागको सूचना : तोकिएको समयमा मात्रै उपस्थित हुनू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राहदानी विभागले सबै सेवाग्राही बिहानै आउँदा कार्यालयमा भीडभाड हुने भएकाले फाराममा तोकिएको समयमा मात्र उपस्थित हुन अनुरोध गरेको छ ।

राहदानी विभागबाट द्रूत सेवा अन्तर्गत विद्युतीय राहदानी बनाउन अनलाइनमार्फत आवेदन दिँदा कुन मितिमा कुन समयमा कार्यालयमा उपस्थित हुने भनेर समय तोकिने व्यवस्था छ ।

तोकिएको समयमै कार्यालयमा आएर सेवा प्रवाहमा सहजता गरिदिन विभागले अनुरोध गरेको छ ।

विभागले प्रत्येक दिन बिहान १० बजेदेखि आधा घण्टाको फरकमा १५०–२०० सम्म विद्युतीय राहदानीको सेवा लिने समय खुला गर्दै आएको छ ।