क्वारेन्टिन निर्माण गर्न जाँदा झडप, प्रहरीद्वारा १२ राउण्ड हवाइ फायर

क्वारेन्टिन निर्माण गर्न जाँदा झडप, प्रहरीद्वारा १२ राउण्ड हवाइ फायर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – रौतहटमा क्वारेन्टिन निर्माण गर्ने विषयमा विवाद भएको छ । रौतहटको कटहरिया नगरपालिकामा क्वारेन्टिन बनाउन जाँदा स्थानीयले विरोध गरेपछि झडप भएको हो ।

बिहीबार दिउँसो करिब १२ बजे नगरपालिका प्रमुखसहितको टोली वडा नम्बर एकस्थित एक विद्यालयमा क्वारेन्टिन खडा गर्न जाँदा स्थानीयले अवरोध गरेका थिए।स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १२ राउण्ड हवाइफायर समेत गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रविराज खड्काले बताए।

’सुरक्षा दिन जाँदा हामीमाथि नै ढुङ्गामुढा गरेका छन्,’ उनले भने,’एक जना असई घाइते भएका छन्। घाइते असईको अवस्था सामान्य भएको र टाउकोमा चोट लागेको उनले बताए।