राहुल गान्धीको पुनरावेदन खारेज


काठमाण्डु- भारतीय कांग्रेस नेता राहुल गान्धीको पुनरावेदन अदालतले खारेज गरिदिएको छ ।

बिहीबार सुरतको सेसन कोर्टले मानहानि मुद्दामा गान्धीको पुनरावेदन खारेज गरिदिएको हो । सुरतको एक अदालतबाट दोषी ठहर भएका कांग्रेस नेता गान्धीले उक्त फैसलाविरुद्ध सेसन कोर्टमा गत अप्रिल ३ मा पुनरावेदन दिएका थिए ।

गत अप्रिल १३ मै यस मुद्दाको सुनुवाइ भए पनि फैसला सुरक्षित राखिएको थियो । अदालतले बिहीबार आफ्नो फैसला सुनाएको हो । पुनरावेदनमा गान्धीले आफूलाई अधिकतम सजाय दिन आवश्यक नभएको बताएका थिए ।

गान्धीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको थरबारे गरेको टिप्पणीलाई लिएर भाजपाका एक नेताले अदालतमा मानहानी मुद्दा हालेका थिए।एउटा भाषणमा प्रधानमन्त्री मोदीको आलोचना गर्ने क्रममा गान्धीले ‘सबै चोरहरूको मोदी साझा थर कसरी भयो?’ भन्ने अभिव्यक्ति दिएका थिए।

प्रतिक्रिया दिनुहोस
Advertisement