काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार अपरान्ह प्रधानमन्त्री ओली र राईको लामो छलफल भएको हो । उनिहरुबीच के विषयमा कुराकानी भयो भन्ने बाहिर आएको छैन ।
कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीलाई संकेत गर्दै आफू विरोधी नेताहरुलाई अख्तियार देखाएर तर्साउने गरेको आरोप लगाएकै दिन प्रधानमन्त्री ओली राईको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ ।




प्रतिक्रिया