रेल र पानीजहाज ल्याउन आवश्यक पहल गर्छुः यातायातमन्त्री नेम्वाङ

रेल र पानीजहाज ल्याउन आवश्यक पहल गर्छुः यातायातमन्त्री नेम्वाङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङले पदभार ग्रहण गरेका छन् ।

बिहिवार बिहान सिंहदरवारस्थित मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् । नेम्वाङले काठमाडौं उपत्यकाको सडकको अवस्थाबारे आफू जानकार रहेको बताए ।

पदभार ग्रहणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नवनियुक्त मन्त्री नेम्वाङले भने, ‘नागरिकको हैसियतले काठमाडौं उपत्यका र देशभरको सडक देखेको छु ।’

पूर्वाधार विकासमा जुन गतिमा काम भइरहेको छ, त्यो पर्याप्त नभएको उनले बताए । सडक, रेल, पानीजहाज लगायतका पूर्वाधारका क्षेत्रमा काम गर्न प्रशासनिक, नीतिगत सुधार गर्नुपर्ने भए गरेर पनि कामलाई गति दिने उनले बताए ।

नेम्वाङ नेपाल कम्युनिस्ट पार्टी (ने क पा)बाट पाँचथरबाट निर्वाचित सांसद हुन् ।