केरुङ–काठमाडौं रेलवेसम्बन्धी सम्झौता हुने प्रधानमन्त्रीका सल्लाहकारको दाबी

केरुङ–काठमाडौं रेलवेसम्बन्धी सम्झौता हुने प्रधानमन्त्रीका सल्लाहकारको दाबी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौंप्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले २३ वर्षपछि हुन लागेको चिनियां राष्ट्रपतिको नेपाल भ्रमण ऐतिहासिक भएकोले सफल हुने विश्वास व्यक्त गरेका छन् उनले भने,‘२३ वर्षपछि चिनियां राष्ट्रपतिको नेपालमा राजकीय भ्रमण हुंदैछ, चिनियां राष्ट्रपतिको दुई दिने भ्रमण ऐतिहासिक हुनेछ

रिपोर्टर्स क्लब नेपालले बुधबार आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले भ्रमणको क्रममा दुई देशबीच केरुङकाठमाडौं रेलवेसम्बन्धी सम्झौता हुने  बताए २३ वर्षअघिको चीन र २३ वर्षपछिको चीनमा धेरै परिवर्तन आएको सुनाउंदै भट्टराईले अहिले चीनको राष्ट्रिय, क्षेत्रिय र अन्तर्रा्ष्ट्रिय रुपमा पनि भूमिका हिजोको भन्दा फरक रहेको बताए

चिनियां राष्ट्रपतिको नेपाल भ्रमाण राजकीय महत्व बोकेको भ्रमण भएकोले यसले दुई देशबीच विश्वासको वातावरण बनाउने पनि उनको भनाई छ यसअघि नेपालका राष्ट्रपति र प्रधानमन्त्रीले चीनको राजकीय भ्रमण गरेको र नेपालको राष्ट्रपतिको निम्तो स्विकारेर चिनियां राष्ट्रपति आउन लागेको बताउंदै भट्टराईले अहिले नेपाल र चीनबीच उच्चस्तरीय सम्वाद निरन्तर भैरहेको स्पष्ट पारे

उनले चिनियां राष्ट्रपतिको स्वागतको लागि आफूहरु तिव्र प्रतिक्षामा रहेको बताए उनको भ्रमणमा नेपाली जनताले अत्यन्तै ठूलो सद्भाव र सत्कार दिने पनि भट्टराईको विश्वास छ