रेल्वे विभागका निर्देशकले हटाए १ सय ५१ कर्मचारी

रेल्वे विभागका निर्देशकले हटाए १ सय ५१ कर्मचारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल रेल्वे विभागका प्रबन्ध निर्देशक निरञ्जन कुमार झाले जनकपुरधाम–जयनगर रेल सञ्चालनका लागि ज्यालादारीमा नियुक्त भएका एक सय ५१ जना कर्मचारीलाई हटाएका छन् ।

रेल सञ्चालनको टुङ्गो नलागेको भन्दै प्रबन्ध निर्देशक झाले विभिन्न मितिमा नियुक्त गरिएका १ सय ५१ ज्यालादारी कर्मचारीलाई रेल्वे विभागबाट हटाएका हुन् । उनले सूचना जारी गर्दै ज्यालादारीका कर्मचारीलाई आफू खुशी हाजिर नगर्नसमेत चेतावनी दिएका छन् ।

सूचनामा भनिएको छ, ‘कार्यालयले काममा नखटाई आफू खुशी हाजिर गरेको आधारमा ज्याला रकम भुक्तानी गर्न कानूनले नमिल्ने भएकाले हाजिर नगर्न यो सूचना प्रकाशित गरिएको छ ।’ कोही कसैले आफू खुशी हाजिर गरेमा सोको जिम्मेवार नेपाल रेल्वे कम्पनी लिमिटेड नहुनेसमेत सूचनामा उल्लेख छ ।

तत्कालिन रेल्वे कम्पनीका प्रबन्ध निर्देशक गुरू भट्टराईले आफू खुशी ज्यालादारीमा कर्मचारी नियुक्त गरेका थिए । काम नगरेपनि उनको ठाडो आदेशमा कति कर्मचारीले ज्याला पाउँदै आएका थिए । तर उनलाई हटाएर वर्तमान शेरबहादुर देउवा सरकारले नियुक्त गरेका नयाँ प्रबन्ध निर्देशक झाले कानून विपरीत बसेरै तलब खाइरहेका सबै कर्मचारीलाई हटाएका हुन् ।