काठमाडौं- सरकारले कोरियन कम्पनी सुसुङलाई प्रारम्भिक अध्ययनको जिम्मा लगाउन थालेको काठमाडौंं—वीरगन्ज रेलमार्गको काम भारतीयले थालेको छ । बिहीबार भारतीय प्राविधिकको टोलीले काठमाडौंंको चोभार क्षेत्रमा रेलस्टेसन राख्ने ठाउँको निरीक्षण गरेको छ ।
भारतीय प्राविधिकको आँखामा रेलस्टेसनका लागि चोभारको हिमाल सिमेन्ट भएको स्थान परेको रेल विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायले बताए । यसअघि सरकारले चोभारमै अन्तर्राष्ट्रिय प्रदर्शनी हल र सुक्खा बन्दरगाह बनाउने घोषणा गरेको थियो । काठमाडौं–वीरगन्ज रेलमार्ग नेपालका निम्ति अहिलेसम्मकै सबैभन्दा उपयुक्त रेलमार्गको लाइनका रूपमा चिनिएको छ ।
रेल विभागले यो मार्गको सम्भावित रेखांकन गरेर रूट तय गर्ने प्रयास गरेको हो । सोही रेखाङ्कनलाई आधार मानेर विस्तृत परियोजना अध्ययन (डीपीआर) हुने भएकाले पनि भारतीय पक्षले आफैं रेखाङ्कन तय गर्ने भएपछि कोरियनको प्रस्ताव रोकिएको थियो ।
रेल विभागले काठमाडौं–वीरगन्ज रेलमार्गको अध्ययन गर्न प्रस्ताव मागेको थियो । सात कम्पनीमध्ये कोरियाली कम्पनी सुसुङ अध्ययनका लागि छानियो । उक्त कम्पनीलाई रेलमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययनको जिम्मा दिन रेल विभागले गरेको तयारी सरकारी निर्देशनका कारण रोकिएको छ । अन्नपुर्णपाेस्टमा खबर छ ।




प्रतिक्रिया