यस्तो छ ‘रेलको बाटो’ को पोस्टर

यस्तो छ ‘रेलको बाटो’ को पोस्टर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कर्णाली क्षेत्रको सामाजिक, राजनीतिक र भौतिक अवस्थालाई पर्दामा उतार्ने उद्देश्यसहित ‘रेलको बाटो’ नामक नयाँ चलचित्र निर्माणको घोषणा गरिएको छ ।

कस्तुरी प्रोडक्सन प्रालिको निर्माण र रेड अम्ब्रेला इन्टरटेन्मेन्ट प्रालिको सहकार्यमा बन्ने चलचित्रलाई लक्ष्मण सुनारले निर्देशन गर्नेछन् । कथा पनि उनकै रहनेछ ।

चलचित्रको थिम पोस्टर पनि सार्वजनिक गरिएको छ । पोस्टरमा ‘गाउँपालिका भवन उद्घाटनमा प्रधानमन्त्रीज्यूलाई स्वागत छ’ भन्ने ठूलो ब्यानर देखिन्छ ।

संगीत सुरज पण्डितको रहनेछ भने छायांकन निसाल पौडेलले गर्नेछन् । कार्यकारी निर्माता नगेन्द्र घिमिरे हुन् भने वितरण अधिकार काफिया फिल्म्सले लिएको छ ।

सार्वजनिक पोस्टरमा देखिएको ‘लैजा तेरो सिंहदरबार, मलाई मेरो गाउँ फिर्ता दे’ भन्ने वाक्यले राज्यले गरेको उपेक्षालाई दर्शाएको छ ।

कर्णालीका विभिन्न जिल्लामा छायांकन गरिने चलचित्र २०८३ सालमा प्रदर्शनमा आउनेछ ।