रेल चलाउन अटेर गर्ने चालकलाई पाँच वर्ष जेल, यात्रुको मृत्यु भए सात लाख क्षतिपूर्ति (विधेयकसहित)

रेल चलाउन अटेर गर्ने चालकलाई पाँच वर्ष जेल, यात्रुको मृत्यु भए सात लाख क्षतिपूर्ति (विधेयकसहित)


काठमाडौं – सरकारले रेल्वे विधेयक राष्ट्रियसभामा दर्ता गराएको छ ।  भौतिक पूर्वाधार तथा यात्रायात मन्त्रालयले दर्ता गराएको रेलवे सम्बन्धमा व्यवस्था गर्न विधेयक अध्ययनका लागि समितिका सदस्यहरूलाई वितरण गरिसकिएको छ ।

विधेयकअनुसार रेलको चालकदेखि यात्रुले पालना गर्नुपर्ने नियमहरु उल्लेख गरिएको छ । यात्रुले रेल्वेका कर्मचारीसँग झगडा गरे ६ महिना कैद र ५० हजार जरिवानाको व्यवस्था गरिएको छ ।

विधेयकको दफा ७२ मा विधेयकमा भनिएको छ, ‘कसैले रेल्वेका कर्मचारी वा यात्रुसँग झगडा गर्न, रेलभित्र होहल्ला गर्न वा कसैलाई गाली गलौज गर्न वा अश्लिल वा अपमानजनक शब्द प्रयोग गर्न हुँदैन यदी उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई ६ महिनासम्म कैद र पचास हजार जरिवाना हुनेछ ।’

त्यस्तै विधेयकमा मादक पदार्थ वा लागू पदार्थ सेवन गरेर रेल चलाउन नपाइने व्यवस्था गरिएको छ । यदी त्यस्तो गरेको पाइएमा एक वर्ष जेल र पचास हजार रुपैयाँ जरिवानाको व्यवस्था गरिएको छ ।

विधेयकमा बोर्डको अनुमति बिना टिकट बिक्री गरेमा दुई लाख जरिवानाको व्यवस्था गरिएको छ । विधेयकले सम्बन्धित बोर्डबाट निषेधित स्थानमा बस्ने यात्रुलाई पचास हजार रुपैयाँ जरिवाना तिराउने व्यवस्था गरिएको छ ।

रेलमा कसैले अनावश्यक दुःख दिए २० हजार जरिवाना तिराउने व्यवस्था गरेको छ । रेलभित्र फोहोर गरे अथवा यात्रुमाथि फोहोर ल्याँके पचास हजार रुपैयाँ जरिवानाको व्यवस्था गरिएको छ ।

विधेयकमा रेल चलाउने चालक र कर्मचारीलाई पनि कडा नियमको व्यवस्था गरिएको छ । चालकले रेल चलाउन अटेर गरे पाँच वर्षको जेल सजाय र २ लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ ।

कार्यालय समयमा मादक पदार्थ सेवन गर्ने कर्मचारीलाई पनि कारबाहीको व्यवस्था गरिएको छ । विधेयकअनुसार कार्यालय समयमा मादक पदार्थ सेवन गर्ने कर्मचारीलाई ६ महिना कैद र पचास हजार जरिवानाको व्यवस्था गरिएको छ ।

रेल दुर्घटना भए…

विधेयकमा रेल दुर्घटनाबाट यात्रुमाथि हानी नोक्सानी भएमा खर्चको व्यवस्था गरिएको छ । विधेयकको दफा ६० को उपदफा (१) को खण्ड(क)मा यदी कुनै व्यक्तिलाई चोटपटक लागेमा औषधिउपचार खर्च एक लाख रुपैयाँ दिने व्यवस्था गरिएको छ । दुर्घटनामा कुनै यात्रुको मृत्यु भएमा किरिया खर्चवापत दुई लाख र क्षतिपूर्तिबापत पाँच लाख रुपैयाँ दिने व्यवस्था गरिएको छ ।

विधेयकले रेल चालकको योग्यता पनि तोकेको छ । रेल चालक हुनका लागि + २ पास गरेको, बोर्डबाट र मान्यता प्राप्त प्रशिक्षण संस्थाबाट रेल चलाउन योग्य भएको, पाँच वर्ष सहचालकको रुपमा काम गरेको हुनुपर्ने विधेयकमा उल्लेख छ । रेल चालकको उमेर पच्चीस वर्ष र सहचालकको हकमा बीस वर्ष उमेर नपुगेको र ५० वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था गरिएको छ ।

रेलमा आगो लगाए १० वर्ष जेल

विधेयकमा कसैले रेलमा आगो लगाएमा १० वर्ष जेल सजायको व्यवस्था गरिएको छ ।

विधेयकमा भनिएको छ, ‘कसैले रेलमा आगो लगाउन, विष्फोटक पदार्थ ओच्छ्याउन, राख्न वा कुनै प्रज्वलनशील पदार्थ वा विद्युतीय धराम (एम्बुस) बनाई आवागमनमा वा सार्वजनिक उपयोगका अन्य कुनै कुराको प्रयोगमा आरोध पुर्याउन वा रेल्वेको सञ्चालनमा वा सार्वजनिक उपयोगका अन्य कुनै कुराको प्रयोगमा अवरोध पुर्याउन वा रेल्वेको सञ्चालनमा कुनै किसिमको डर, त्रास, भय देखाई न्द गर्न वा कुनै किसमकबाट रेल्वे अवरुद्ध गरी वा गराई आवागमनमा वाधा पुर्याए १० वर्ष जेल र दुई लाख रुपैयाँसम्म जरिवानाको हुनेछ ।’

त्यस्तै रेल्वे कब्जा वा बन्द गरे १० वर्ष जेल सजाय र २ लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ ।