रेल्वे कम्पनीले अधिकृत र इन्जिनियरसहित १ सय २९ जना कर्मचारी माग्यो

रेल्वे कम्पनीले अधिकृत र इन्जिनियरसहित १ सय २९ जना कर्मचारी माग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल रेल्वे कम्पनी लिमिटेडले करारमा कर्मचारी माग गरेको छ । नेपाल रेल्वे कम्पनी लिमिटेडले खुला प्रतिष्पर्धाबाट विभिन्न तहमा १२९ जना कर्मचारी माग गरेको हो ।

इच्छुक उम्मेद्वारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अनलाईनबाट दरखास्त दिन सकिने जनाइएको छ ।

कम्पनीले  प्रशासनतर्फ शाखा अधिकृत, कानून अधिधकृत स्टेसन मास्टर, सव इन्जिनियर, लेखापालदेखि कार्यालय सहयोगीसम्म माग गरेको छ ।

कम्पनीले असोज १२ गतेसम्म दरखास्त दिन सकिने जनाएको छ ।