यी प्रदेशमा आज राति भारी वर्षाको सम्भावना

यी प्रदेशमा आज राति भारी वर्षाको सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मौसम पूर्वानुमान महाशाखाले शनिबार राति गण्डकी र लुम्बिनी प्रदेशका १–२ स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

शनिबार साँझ मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले हाल देशभर मौसम आंशिकदेखि साधारणतया बदली रहेको जनाएको छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

शनिबार राति देशभर मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा मधेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।