देशभरका ३४ जिल्ला आज राति र भोलि भारी वर्षाको जोखिममा

देशभरका ३४ जिल्ला आज राति र भोलि भारी वर्षाको जोखिममा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मौसम पूर्वानुमान महाशाखाले मंगलबार राति र बुधबार ३४ जिल्लामा भारी वर्षा र अति भारी वर्षा हुने पूर्वानुमान गरेको छ ।

महाशाखाले भारी र अतिभारी वर्षाका कारण कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका ३४ जिल्ला उच्च जोखिममा रहने जनाएको छ ।

महाशाखाले ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, दोलखा, म्याग्दी, बाग्लुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व, लमजुङ, गोरखा, कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, दाङ, बाँके, बर्दिया, प्यूठान, अर्घाखाँची, रुकुमपश्चिम, कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी र बैतडीलाई उच्च जोखिममा राखेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षाको उच्च जोखिमका बेला सडकमा रात्रिबस नचलाउन अनुरोध गरेको छ ।