कोशी र बागमतीमा ठूलो वर्षा हुने, यस्तो रहनेछ आगामी दुई दिनको मौसम

कोशी र बागमतीमा ठूलो वर्षा हुने, यस्तो रहनेछ आगामी दुई दिनको मौसम


काठमाण्डु-आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित कोशी र बागमती प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । भारतको उत्तर–पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको पनि महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जनाएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, मधेश प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

साथै कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । यस्तै कोशी प्रदेशका तराई भू–भागका थोरै स्थानहरूमा हावा–हुरीको समेत छ ।

यस्तै आज राति कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेशका तराई भू–भागका थोरै स्थानहरूमा हावा–हुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तो रहनेछ आगामी २ दिनको मौसम :

शुक्रवार

दिउँसो ː कोशी प्रदेश, मधेश प्रदेश लगायत देशका पहाडी भु–भागमा आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

राति ː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेश, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

शनिवार

दिउँसो ː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति ː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।