पानी पार्ने बादल पश्चिमबाट पूर्वतर्फ सर्दै, ठाउँठाउँमा वर्षाको पूर्वानुमान

पानी पार्ने बादल पश्चिमबाट पूर्वतर्फ सर्दै, ठाउँठाउँमा वर्षाको पूर्वानुमान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालको पश्चिमी भूभागबाट शनिबार पानी पार्ने बादल विकसित भएर पूर्वतर्फ सरिरहेकाले ठाउँठाउँमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले अझै केही दिन बदली कायम रहने जानकारी गराउँदै सावधानी अपनाउन अनुरोध गरेका छन् ।

शनिबार साँझ गण्डकी प्रदेशस्थित गोरखाको हिमाली तथा पहाडी भेगबाट र दार्चुलास्थित सीमा क्षेत्रबाट सुदूरपश्चिमको हिमाली तथा पहाडी क्षेत्रको बाटो हुँदै बादल छिरिसकेको उनले बताए । बादल हिँडेको बाटोमा वर्षा भइरहेको छ ।

नेपालमा स्थानीय र पश्चिमी वायु विकसित भएको छ । अहिले पनि लुम्बिनी र गण्डकीका थोरै भूभागमा पानी परिरहेको मौसमविद् अधिकारीले बताए । शनिबार दिउँसो बागमती, गण्डकी, मधेश प्रदेश सुदूरपश्चिम लगायत हरेक प्रदेशका केही भागमा पानी परेको छ भने बागमती र गण्डकीमा अलि बढी पानी परेको पनि अधिकारीले जानकारी दिए ।

आइतबार र सोमबार पनि बदली रहेको र आजभन्दा केही बढी बदलीको सम्भावना रहेको छ । हल्कादेखि मध्यमसम्म वर्षा हुने भए पनि ठूलो वर्षाको सम्भावना भने कम रहेको उनले बताए ।