यी प्रदेशमा वर्षा, कहाँ छ सम्भावना ?

यी प्रदेशमा वर्षा, कहाँ छ सम्भावना ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा मौसम विज्ञान विभागले कोशी र बागमती प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भएको जनाएको छ ।

वर्षा गराउने प्रणाली दक्षिण–पश्चिमतर्फ सर्दै गइरहेकाले आसपासका क्षेत्रमा समेत मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

गण्डकी र सुदूरपश्चिम प्रदेशका १–२ स्थानहरूमा पनि हल्का वर्षा भएको र बाँकी स्थानहरूमा बदलीको क्रम बढ्दै वर्षा हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।