यी १२ जिल्लामा धेरै भारी वर्षाको जोखिम, सतर्क रहन अनुरोध

यी १२ जिल्लामा धेरै भारी वर्षाको जोखिम, सतर्क रहन अनुरोध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले आगामी केही दिन भारी वर्षाको सम्भावना रहेको बताउँदै सम्बन्धित क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

प्राधिकरणले असार १४ गतेदेखि १६ गतेसम्म लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको बढी जोखिम रहेको जनाएको छ ।

प्राधिकरणले लुम्बिनीका बाँके, बर्दिया र दाङ, कर्णालीका सुर्खेत, दैलेख र सल्यान तथा सुदूरपश्चिमका बैतडी, डडेल्धुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुरमा भारीदेखि धेरै भारी वर्षाको जोखिम औंल्याइएको छ ।

अन्य पहाडी भू–भागका केही स्थानमा समेत वर्षाको जोखिम रहने अनुमान गरिएको छ । भारी वर्षाका कारण भू–क्षय, बाढी, पहिरो, डुबान लगायतका विपदको जोखिम बढ्ने भएकाले नदी नालाको पानीको सतह बढ्न सक्ने, जनजीवन तथा यातायात प्रभावित हुन सक्ने भन्दै प्राधिकरणले सबैलाई सजग रहन आग्रह गरेको छ ।

प्राधिकरणले अत्यावश्यक बाहेक यात्रा नगर्न, मौसम जानकारी लिइराख्न, जोखिमयुक्त क्षेत्रका वासिन्दाले विशेष सतर्कता अपनाउन, नदी किनारमा नजान, तथा जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायलाई तयारी अवस्थामा रहन र समन्वय गर्न निर्देशन समेत दिएको छ ।