बाजुरा – सुदूरपश्चिमको हिमाली र पहाडी क्षेत्रसहित बाजुरामा सोमबार रातिदेखि लगातार वर्षा भइरहेको छ । सोमबार साँझबाट सुरु भएको वर्षा मंगलबारसम्म पनि जारी छ ।
सोमबार रातिदेखि लगातार वर्षा भइरहेकोले चिसो समेत बढेको छ ।
लगातार वर्षा भएसँगै बाजुराका उच्च हिमाली तथा लेकाली भूभागमा हिमपात समेत भएको छ ।
बाजुराका ९ वटै स्थानीय तहमा अहिले वर्षा भइरहेको छ । विशेषगरी बडीमालिका नगरपालिका, गौमुल गाउँपालिकासहित माथिल्लो क्षेत्रका ४ वटै पालिकामा वर्षा जारी छ ।
केही दिनदेखि चर्काे घामले सुख्खा रहेको बाजुरामा सोमबार रातिदेखि भने लगातार वर्षा भइरहेको छ । वर्षा सुरु भएपछि स्थानीय कृषकहरू खुसी भएका छन् । वर्षा भएसँगै सडकखण्ड हिलाम्मे भएका छन् ।
सदरमुकाम मार्तडीबाट पुर्वीउत्तरी क्षेत्रमा जाने यातायातका साधानहरूलाई सडकखण्ड चिप्लो भएपछि समस्या भएको छ । लगातार पानी परेपछि अत्यन्तै जाडो बढेकोले अहिले स्थानीय घरभित्रै आगो बालेर बसिरहेका छन् ।
सदरमुकाम मार्तडी बजारमा पनि चहलपहल न्यून छ । चिसोले मानिसको आवतजावत ठप्पजस्तै छ । लगातार वर्षाका कारण बालबालिका वृद्धवृद्धा बढी प्रभावित बनेका छन् ।
पानी परेर चिसो बढेकाले स्थानीयलाई बाक्ला कपडा लगाएर घरभित्र बस्न आग्रह गरिएको छ ।




प्रतिक्रिया