यी ६ स्थानमा भारी वर्षाको सम्भावना

यी ६ स्थानमा भारी वर्षाको सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मौसम पूर्वानुमान महाशाखाले आईतबार राति ६ प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ ।

आईतबार राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागको १–२ स्थानमा तथा सुदूरपश्चिम प्रदेशको हिमाली, पहाडी र तराईका साथै लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागको १–२ स्थानमा भारी वर्षाको सम्भावना छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको छ । आईतबार गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा कर्णाली प्रदेशका १–२ स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ ।

सोमबार र मंगलबार देशभर साधारणतया बादल लाग्नेछ । सोमबार कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभाग, कर्णाली प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागको १–२ स्थानमा भारी वर्षाको सम्भावना छ । मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भूभाग, कर्णाली प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागको १–२ स्थानमा भारी वर्षाको सम्भावना छ ।