राजधानी काठमाण्डुसहित पहाडी भूभागमा हल्का वर्षा

राजधानी काठमाण्डुसहित पहाडी भूभागमा हल्का वर्षा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राजधानी काठमाण्डु उपत्यकासहित कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा वर्षा भएको छ ।

मौसम पूर्वानुमान महाशाखाले उपत्यकासहित पहाडी क्षेत्रमा साँझसम्म हल्का वर्षा भइरहने सम्भावना रहेको जानकारी दिएको छ ।

मौसमविद् सरोज पुडासैनीले कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानका साथै बाँकी पहाडी भूभागका १–२ स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको जानकारी दिए ।

पहाडी भूभागका केही स्थानमा हावाहुरीको सम्भावना छ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाइएको छ ।