काठमाण्डु – काठमाण्डु उपत्यकामा आज बिहानैबाट मेघगर्जनसहित वर्षा भइरहेको छ ।
नेपालमा स्थानीय वायू, भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालकोसमथल भू–भागसम्म बनेको न्यूनचापीय प्रणाली तथा पश्चिमी वायूको प्रभाव रहेकाले वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मौसविद मञ्जु वासीका अनुसार आज दिउँसो केही समय मौसम खुले पनि पुनः पानी पर्ने र बदली हुनेछ । अहिले देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली छ । वाग्मती र गण्डकी प्रदेशको तराई भू–भागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
काठमाण्डु उपत्यकासँगै प्रदेश–१, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पूर्वी भागमा मौसम बदली रहेको छ । सोमबार मौसम सामान्य बदली हुने र मंगलबारदेखि भने मौसम खुल्ने उनले बताइन् ।




प्रतिक्रिया