राजबल्लभले रोजे इन्जिनियर युवती

राजबल्लभले रोजे इन्जिनियर युवती

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं—नायक राजबल्भल कोइरालाले इन्गेजमेण्ट गरेका छन् । लामो समयदेखि अमेरिकामा रहेका राजबल्लभले बिहीबार झापाकी प्रतिमा विमलीसँग इन्गेजमेण्ट गरेका हुन् ।

उनीहरु लामो समयदेखि प्रेममा रहेका थिए । विवाहको विषयमा भने केही खुलाइएको छैन् । राजबल्लभ र उनकी प्रेमिकाले पनि आफ्नो इन्गेजमेण्टका बारेमा धारणाहरु सार्वजनिक गरेका छन् ।

विमली पेशाले इन्जिनियर भएको बताइएको छ । नेपाली फिल्म निर्देशक सुरेश दर्पण पोखरेलले दुवैको फोटोहरु सार्वजनिक गर्दै बधाई दिएका छन् ।

राजबल्लभ ‘पर्खी बसे’ फिल्मबाट नेपाली सिने नगरीमा भित्रिएका हुन् । उनले हलिउड सिनेमा ‘हाइवे टु धम्पुस’मा समेत काम गरेका थिए ।