मन्त्री गुप्तालाई राजीनामा दिन प्रधानमन्त्रीले दिए निर्देशन

मन्त्री गुप्तालाई राजीनामा दिन प्रधानमन्त्रीले दिए निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले घुस प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई राजीनामा दिन निर्देशन दिएका छन्।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्री ओलीले गुप्तालाई राजीनामा दिन निर्देशन दिएका हुन्।

घुस प्रकरणमा मुछिएपछि मन्त्री गुप्तालाई प्रधानमन्त्री ओली झापाबाट फर्के लगत्तै सोमबार बिहान बालुवाटारमा बोलाएका थिए। मन्त्री गुप्ताले घुस रकम डिल गरेको अडियो सार्वजनिक भएसँगै उनको चौतर्फी आलोचना भइरहेको छ ।

मन्त्री गुप्ताको ६ महिनाअघिको घुस प्रकरणको अडियो अहिले सार्वजनिक भएको छ। पुसमा नै यो प्रकरण भए पनि केही दिनअघि मात्र अडियो बाहिर आएको हो। घुस प्रकरणको यो विषयले संघीय संसदमा समेत प्रवेश पाइसकेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कुराकानीको अडियो, घुसबापत दिइएको नोटमा उल्लेख गरिएको नम्बरसहितको डायरी बुझाइएको छ। आयोगमा उजुरी परेपछि मात्रै अडियो सार्वजनिक गरिएको हो।