काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ज्ञानेन्द्र शाहलाई राजा भनेकोमा नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले उक्त अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले ज्ञानेन्द्र शाहलाई राजा भनेकोमा आपत्ति जनाएका हुन् । प्रतिनिधिसभाको बैठकमा अध्यक्ष लिङदेनले ज्ञानेन्द्रलाई पूर्वराजा नभनेर राजा भनेर सम्बोधन गरेका थिए ।
सांसद दाहालले लिङ्देनले बोलेका अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरे । उनले भने, ‘नेपालको संविधानले राजा चिन्दैन। भर्खरै एक जना माननीय सदस्यले राजा शब्द प्रयोग गर्नुभयो। यो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक हो, राजा भन्ने शब्द रेकर्डबाट हटाइयोस्,’ उनले सभामुखलाई भने।




प्रतिक्रिया