प्रकाशमान पक्षका राजन केसी उद्योग मन्त्री बन्दै

प्रकाशमान पक्षका राजन केसी उद्योग मन्त्री बन्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता प्रकाशमान सिंह पक्षका एक जना नेतालाई मन्त्री बनाउने भएका छन् ।

मंगलबार सिंह निवास चाक्सीबारीमा भएको भेटवार्तामा देउवाले आफू नेतृत्वको सरकारमा सिंह पक्षका राजन केसीलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

उनले आफूलाई सभापति सहयोग गर्न आग्रह गर्दै मन्त्री पद दिने लिखित सहमति भएको स्रोतले जानकारी दियो । उद्योग मन्त्रालय हाल मन्त्री विहीन छ । गजेन्द्र हमालले राजीनामा दिएपछि उद्योग मन्त्रालय देउवा आफैंले सम्हालिरहेका छन् ।

सोमबार भएको मतदानमा देउवाले ५१ प्रतिशत मत ल्याउन नसकेपछि आज दिउँसो पुनः मतदान हुँदैछ । मतदान अगाडि नै भोट भाग्दै नेताहरुको घरघरमा पुगेका देउवाले सिंह र विमलेन्द्र निधिको समर्थन पाएका छन् ।

पहिलो चरणमा देउवाले २२५८ र शेखर कोइलालो १७०२ मत पाएका थिए । सभापतिमा निर्वाचन जित्नका लागि देउवालाई ८३ मत आवश्यक थियो । तर, ८३ मत ल्याउन नसक्दा पुन निर्वाचन हुन लागेको हो ।

सभापतिका प्रत्यासी प्रकाशमान सिंहको ३७१ र विमलेन्द्र निधिको २५० मत आएको थियो । अब दुवै नेताको ६२१ मत देउवाको पक्षमा जाने भएको छ ।