अमेरिकी रक्षामन्त्री म्याटिसले दिए अकस्मात राजीनामा, को होला उत्तराधिकारी?

अमेरिकी रक्षामन्त्री म्याटिसले दिए अकस्मात राजीनामा, को होला उत्तराधिकारी?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रक्षा मन्त्री जेम्स म्याटिस उच्च मूल्याङ्कनसहित आउँदो फेब्रुअरीको अन्त्यमा सेवानिवृत्त हुन लागेको घोषणा गरेका छन्। जनरल म्याटिसले मित्र शक्ति र अन्य देशहरूको सैन्य दायित्व निर्वाह गर्न आफूलाई धेरै सहयोग गरेको भनी राष्ट्रपति ट्रम्पले  ट्वीट सन्देशमा उल्लेख गरेका छन्।

सिरियाबाट अमेरिकी सैनिक फिर्ता बोलाउने राष्ट्रपति ट्रम्पको घोषणासँगै उनले राजीनामा दिएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। राजीनामापत्रमा मन्त्री मेट्रिक्सले आफ्नो असहमति रहेको र ट्रम्प प्रशासनले आफू भन्दा नजिकको व्यक्तिलाई रक्षामन्त्री नियुक्त गर्नसक्ने भन्दै राजीनिमा दिएको बीबीसीले जनाएको छ।

ट्रम्प प्रशासनप्रति असहमति जनाउँदै आएका मेट्रिक्स आगामी फेब्रुअरीबाट जिम्मेवारीबाट अलग हुनेछन्। ट्रम्पले बुधबार मात्रै सन् २००० अमेरिकी सैनिक फिर्ता बोलाएका थिए। सिरियाको युद्धको अन्त्य भएको भन्दै उनले फिर्ता बोलाएका हुन्। त्यस्तै केही अमेरिकी सैनिक भने सिरियामै रहने छन्।

सिरिया युद्धको अन्त्य भए पनि सिरियाली विद्रोही आइएसले गतिविधि बढाउन सक्ने भन्दै केही सैनिक भने सिरियामै रहनेछन्। मेट्रिक्स ट्रम्प प्रशासनबाट राजीनामा दिने सन् २०१८ का अन्तिम मन्त्री हुन्। राष्ट्रपति ट्रम्पले उनको उत्तराधिकारी को हुन् भन्ने विषयमा केही खुलाएका छैनन्। अमेरिकी सैनिकहरूले आईएस् लडाकुहरूको पकड क्षेत्रबाहेकका उत्तर पूर्वी सिरियाको अधिकांश भूभाग इस्लामिक स्टेट समुहको कब्जाबाट अलग गर्न मद्दत गरेका थिए।