राजकिशोर बने राजपाकाे अध्यक्षमण्डल संयोजक

राजकिशोर बने राजपाकाे अध्यक्षमण्डल संयोजक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ-राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्षमण्डलको संयोजकको जिम्मेवारी सोमबारदेखि राजकिशोर यादवले सम्हाल्ने भएका छन्।

राजपाको यही साउन ४ र ५ गते प्रदेश नं २ को राजधानी जनकपुरमा भएको अध्यक्षमण्डलको बैठकले संयोजकको जिम्मेवारी यादवलाई दिने निर्णय गरेको हो।

सोमबारदेखि यादवले संयोजकको जिम्मेवारी सम्हाल्ने राजपाका संयोजक अनिलकुमार झाले आज विज्ञप्तिमार्फत जानकारी दिएका छन्। राजपाको चक्रीय प्रणाली अनुसार हरेक दुई महिनामा संयोजक फेरिने व्यवस्था छ।