काठमाडौं – राष्ट्रिय सभाको निर्वाचनका लागि राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले उम्मेदवारको टुंगो लगाएको छ । शनिबार बसेको राजपाको बैठकले दुई उम्मेदवारको टुंगो लगाएको हो ।
प्रदेश २ मा अन्यबाट राजपाका वरिष्ठ उपाध्यक्ष मृगेन्द्रकुमार सिंह यादव र अल्पसंख्यक र अपांगताको तर्फबाट पनि पार्टीको वरिष्ठ उपाध्यक्ष रहेका शेखरकुमार सिंहलाई उम्मेदवार बनाइको राजपाका संयोजक राजेन्द्र महतोले जानकारी दिए ।
राष्ट्रिय सभाको निर्वाचन माघ ९ गते हुँदैछ । रिक्त १९ पदका लागि राष्ट्रिय सभाका लागि राजपाले उम्मेदवार चयन गरेको हो ।
राजपाले निर्वाचनका लागि सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग तालमेल गरेको छ । १८ सिटमा हुने निर्वाचनमा राजपाले नेकपालाई १६ र नेकपाले राजपालाई २ सिटमा सघाउने भएको छ ।
एक सदस्य राष्ट्रपतिबाट मनोनित भएकाको पनि कार्य्विधि सकिँदैछ । निर्वाचन आयोगका अनुसार उम्मेदवारले आइतबार मनोनय दर्ता गर्नेछन् ।
२१ गते उम्मेदवारको विरोध उजुरी, २४ गते नाम फिर्ता र २५ गते अन्तिम नामावली प्रकाशन गर्नेछ ।




प्रतिक्रिया