सरकार संघियता असफल पार्ने षडयन्त्रमा लागेको राजपाको आरोप ,आन्दोलनमा जाने चेतावनी


काठमाडौं– राष्ट्रिय जनता पार्टीले सरकारले संघियता असफल पार्न षडयन्त्र गरिरहेको आरोप लगाएको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिएको राजपाका नेताहरुले आफ्नो अधिकार प्राप्तिका लागी अर्को लडाई लड्ने चेतावनी समेत दिएका छन् ।

मधेषमा पृथकतावादी आन्दोलन गरिरहेका सिके रावतसंग सरकारले ११ बुंदे सहमती गरेपछि राजपाका नेताहरुले सरकारको आलोचनामा लागेका हुन ।

राष्ट्रिय जनता पार्टी नेपालका नेता महन्थ ठाकुर, राजेन्द्र महतोलगायतका नेताहरुले आफ्नो पार्टीका सांसद रेशम चौधरीलगायतका नेता, कार्यकर्तालाई जन्मकैदको सजाय दिने अदालतको फैसलाप्रति आपत्ति जनाउँदै देशभर आन्दोलनमा जाने चेतावनी दिएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित राष्ट्रिय जनमुक्ति पार्टीसंगको पार्टी एकता कार्यक्रमलाई सम्बोधन गर्दै राजपा नेता ठाकुरले सरकार नै संघीयतालाई असफल बनाउने षडयन्त्रमा लागेको आरोप लगाउंदै संघीयता नरहे संविधान नरहनेतर्फ पनि सरकारलाई सचेत रहन चेतावनी दिए ।

उनले संविधान संशोधनका लागी आफुहरुले गरेको आग्रह पनि सरकारले वेवास्ता गरेको आरोप लगाए ।  अर्का नेता महतोले मधेषको अधिकार प्राप्तिको लागी आफुहरुले आन्दोलन गर्ने चेतावनी दिए । उनले अधिकार प्राप्तीको आन्दोलनमा आउन पनि सबै उपेक्षित समुदायलाई आह्वान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement