राजपा र संघीय फोरम एउटै चिह्नबाट चुनाव लड्ने, यस्तो छ सहमति

राजपा र संघीय फोरम एउटै चिह्नबाट चुनाव लड्ने, यस्तो छ सहमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम एउटै चिह्नबाट चुनाव लड्ने भएका छन्।

 

 

कांग्रेस नेतृत्वमा मधेसवादी दलसहितको लोकतान्त्रिक गठबन्धन बन्ने प्रक्रिया अघि बढिरहेकै बेला यी दुई दलबीच गठबन्धन बनाएर आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लड्ने सहमति भएको हो।

 

 

राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र संघीय समाजवादीका अध्यक्ष उपेन्द्र यादवद्वारा जारी विज्ञप्तिमा फोरम र राजपाले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा साझा उम्मेदवार दिने सहमति गरेको उल्लेख छ।

 

‘आगामी प्रदेश सभा र संसदको निर्वाचनमा आपसी समझदारीका आधारमा दुबै पार्टीले संयुक्त भाई साझा उम्मेदवारहरुको रुपमा चुनावमा भाग लिने,उम्मेदवारी दिने र अन्य राजनीतिक पार्टीहरुसँग मोर्चा वा गठबन्धन तथा तालमेल गर्नु परेमा दुबै पार्टी संयुक्त रुपमा सहभागी हुने वा सहाकार्य गर्ने सहमति गरिएको छ,’ जारी विज्ञप्तिमा उल्लेख छ।

 

वै दलले यसअघि नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा समावेश हुने सहमति गरेका थिए।