काठमाडौं – सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै राजपा सांसद चन्दा चौधरीले विकास निर्माणका काममा सेनालाई नलगाउन बताएकी छन् ।आईतबार कार्यक्रममाथिको छलफलमा बोल्दै राजपा महामन्त्रीसमेत रहेकी चौधरीले सेनामाथि सबै काम थोपर्न नहुने बताएकी हुन् ।
‘यदि सबै काम सेनाले गर्ने हो भने देशमा संघीयताको के अर्थ रहन्छ रु स्थाीय सरकार, प्रदेश सरकार र संघीय सरकारको के काम ?’,उनले प्रश्न गरिन्, ‘यसको विकल्पमा एउटा स्वायत्त प्राधिकरण बनाऊँ, जसलाई दीर्घकालिन योजनासहित सक्रिय गराऊँ ।’ विभिन्न समय र स्थानमा आएका प्राकृतिक विपत्तिपछिको पुनःनिर्माणको काममा सेनाको मात्रै भर पर्दा सरकारको औचित्य सकिने उनले बताइन् ।
‘फास्ट ट्रयाक बनाउने सेना, जनताको आवास बनाउने सेना,सडक बनाउने सेना’, उनले भनिन्, ‘सेनालाई सबै सुम्पिने हो भने स्थानीय, प्रदेश र संघीय सरकारको के काम भयो त ? त्यसैले स्वायत प्राधिकरणको निर्माण गरौँ ।’ प्राकृतिक बिपद्सँग जुध्न दीर्घकालिन नीति बनाउनुपर्नेमा उनले जोड दिइन् । ‘हरेक कुरा सेनामाथि थुपार्नु हुँदैन । सरकाले प्रदेश र स्थानीय सरकारलाई अविश्वास गरेको देखियो’, उनले भनिन् ‘हरेक कुरा सेना दिनु हुँदैन । के सरकार कमजोर भएकै हो र ? सबै कामको जिम्मा सेनालाई मात्रै थुपार्ने ।’




प्रतिक्रिया